मर्जरपश्चात् यस्तो बन्नेछ ग्लोबल आइएमई बिओके बैंक, कुन सूचक कस्ता ? « Arthapath.com
२ असार २०७९, बिहीबार

मर्जरपश्चात् यस्तो बन्नेछ ग्लोबल आइएमई बिओके बैंक, कुन सूचक कस्ता ?



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जर गर्ने प्रारम्भिक सम्झौता भएको छ । दुवै बैंकबीच असार २ गते बिहीबार ग्लोबल आइएमई बैंका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने भएको छ । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । यता मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने भएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासका आधारमा अधिकांश सूचकहरुमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ । नम्बर वानको ताज सम्हालिरहेको ग्लोबल आइएमई बैंकले मर्जरपश्चात् पनि देश कै सबैभन्दा ठूलो बैंक बन्नेछ । यहाँ चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा यी दुई बैंक कस्ता रहेका छन्, मर्जरपश्चात् कस्तो बन्नेछ भनेर उल्लेख गरिएको छ ।

चुक्ता पूँजी
ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ७३ हजार रुपैयाँ र बैंक अफ काठमाण्डूको चुक्ता पूँजी १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४.४१ अर्ब रुपैयाँ पुग्नेछ ।

जेगडा कोष
ग्लोबल आइएमई बैंकको जगेडा कोष ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ र बैंक अफ काठमाण्डूको जगेडा कोष ५ अर्ब ६९ करोड ३ लाख ३५ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको जगेडा कोष १५ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

लोन (कर्जा)
मर्जर भएपछि बन्ने बैंकको कूल कर्जा ३८० अर्ब रुपैयाँ पुग्ने छ । हाल ग्लोबल आइएमई बैंकको कर्जा २ खर्ब ६० अर्ब २० लाख ९६ हजार २९ हजार रुपैयाँ र बैंक अफ काठमाण्डूको कर्जा १ खर्ब २ अर्ब ९१ करोड ८५ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

डिपोजिट (निक्षेप)
मर्जरपश्चात् बैंकको कूल निक्षेप ३८४ अर्ब रुपैयाँ पुग्नेछ । हाल ग्लोबल आइएमई बैंकको निक्षेप संकलन २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख ५९ हजार रुपैयाँ र बैंक अफ काठमाण्डूको निक्षेप १ खर्ब ४ अर्ब २० करोड ९ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी
ग्लोबल आइएमई बैंकको ब्याज आम्दानी ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ र बैंक अफ काठमाण्डूको खुद ब्याज आम्दानी २ अर्ब ७९ करोड ७४ लाख ७० हजार रुपैयाँ रहेको छ । मजएर पश्चात् बैंकको खुद ब्याज आम्दानी १० अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

सञ्चालन नाफा
ग्लोबल आइएमई बैंकको सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रुपैयाँ र बैंक अफ काठमाण्डूको सञ्चालन नाफा १ अर्ब १५ करोड ६ लाख ३४ हजार रुपैयाँ रहेको छ । मर्जर पश्चात् सञ्चालन नाफा ६ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

खुद नाफा
ग्लोबल आइएमई बैंकको खुद नाफा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ र बैंक अफ काठमाण्डूको खुद नाफा ८७ करोड ७ लाख ८१ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको खुद नाफा ४ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ पुग्नेछ । तर जेठ मसान्तसम्ममा दुवै बैंकको ६ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरिसकेका छन् ।

वितरणयोग्य नाफा
ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ र बैंक अफ काठमाण्डूको वितरणयोग्य नाफा ४० करोड २५ लाख २६ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड १६ लाख रुपैयाँ भन्दा बढी पुग्नेछ ।

प्रतिशेयर आम्दानी (ईपीएस)
ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८८ पैसा र बैंक अफ काठमाण्डूको प्रतिशेय आम्दानी १६ रुपैयाँ ६३ पैसा रहेको छ ।

मर्जरपश्चात् बैंकको शाखा कार्यालय ३८५ वटा, एटिएम ३६७ एटिएम, शाखारहित बैंकिङ्ग सेवा २७५ वटा, विस्तारित शाखा कार्यालय ६१ वटा, विदेश स्थित सम्पर्क कार्यालय ३ वटा र ३७ लाख भन्दा बढि ग्राहकहरु पुग्नेछ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्