नेपाल बैंकले २५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । नेपाल बैंकले ऋणपत्र निष्काशन तथा बिक्रस् खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले १०.५० प्रतिशत ब्याजदर भएको नेपाल बैंक ऋणपत्र २०८४ जारी गर्ने भएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता निष्काशन गर्नेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् र
प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात् निश्कासन गरीनेछ ।