मितेरी डेभलपमेन्टको करिब ४४ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
६ असार २०७९, सोमबार

मितेरी डेभलपमेन्टको करिब ४४ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४३ हजार ७४० कित्ता शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुला गरेको हो ।

बैंकका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार ६ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान र शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आवेदन दिन सकिनेछ ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिर्दै ३५ दिने खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्