प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा मुक्तिनाथका केसी चयन « Arthapath.com
६ असार २०७९, सोमबार

प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा मुक्तिनाथका केसी चयन



काठमाडौं । आईतबार डेभलपमेण्ट बैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर अन्र्तगत गण्डकी प्रदेश विकास बैंक फोरमको सोमबार बसेको भेलाले मुक्तिनाथ विकास वैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीलाई संयोजकमा चयन गरेको छ ।

यस अघि संयोजक तथा गरिमा विकास बैंक पोखरा क्लसटर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकोले रिक्त रहेको उक्त पदमा केसीलाई चयन गरेको हो ।

उक्त कार्यक्रममा गरिमा विकास शैंकका नयाँ क्लसटर प्रमुख भक्त बहादुर केसीलाई स्वागत गर्दै कार्यसमिति सदस्यमा चयन गर्ने समेत निर्णय गरेको छ । संयोजक चयन भएपश्चात कार्यक्रममा बोल्दै के.सीेले सामुहिक रुपमा विकास बैंकका समस्या, अवसर र चुनौती तथा अन्य कार्यहरुमा डेभलपमेण्ट बैंकर्स एसोसियसनलाई सुझाब प्रदान गर्ने र गण्डकी प्रदेशमा उल्लेख्य रुपमा समन्वयकारी भुमिका निर्वाह गर्ने बताए ।

उक्त भेलाले निवर्तमान् संयोजक भोला तिवारीले आफ्नो नेतृत्वमा फोरमलाई स्थापित गराउन पुर्याएको योगदानको लागि धन्यवाद ज्ञापन समेत गरेको छ । भेला विकास बैंक फोरमका कार्यवाहक संयोजक सुशिल पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्