नेप्सेमा ११ फाइनान्सको १ करोड १९ लाख कित्ता बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति ? « Arthapath.com
९ असार २०७९, बिहीबार

नेप्सेमा ११ फाइनान्सको १ करोड १९ लाख कित्ता बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत फाइनान्स कम्पनीहरुमा गत आर्थिक बर्ष २०७७–७८ मा ११ वटा फाइनान्स कम्पनीले मात्रै लाभांश वितरण गरेका थिए । जसमा ११ वटा फाइनान्स कम्पनीले नै बोनस शेयर वितरण गरेका थिए ।

फाइनान्स कम्पनीले घोषणा गरेको बोनस शेयर साधारण सभाबाट पारित भएर पनि नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट सबैभन्दा धेरै लाभांश मञ्जुश्री फाइनान्स र सबैभन्दा कम प्रोग्रेसिभ फाइनान्सले वितरण गरेका थिए ।

गत आर्थिक बर्षको बोनसबाट नेप्सेमा फाइनान्स समूहको मात्रै १ करोड १९ लाख ५८ हजार ९२५.७९३९ कित्ता बोनस शेयर थपिएको छ ।

१. जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख ६१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्षको २०७७–०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. प्रोगेसिभ फाइनान्स लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ४ लाख ८० हजार ६० कित्ता शेयर सूचीकृत भएको हो । फाइनान्सको गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ०.३१५७ प्रतिशत नगद गरी कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. सेन्ट्रल फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. मल्टीपर्पस फाइनान्स लिमिटेडको १३ प्रतिशत बोनस शेयर वापतको ५ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ८५ हजार ४०१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस शेयर बापतको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस शेयर बापतको ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सबे १० प्रतिशत बोनस शेयर बापतको ८ लाख ६४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बोनस शेयर बापतको ७ लाख ८९ हजार १५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको शेयरधनीहरूलाई ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्