सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई ५ स्थानमा आकर्षक छुटको व्यवस्था

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न छुट सम्बन्धी ब्यवस्था गर्दै आइरहेको छ । साही अन्र्तगत बैंकले ५ स्थानमा बिशेष छुट पाउने समझदारी गरेको हो ।
एक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारीक व्यक्तिहरुले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग र क्यूआर प्रयोगकर्ताहरुले तपसिलमा उल्लेखित विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।