ज्योति विकास बैंको मणिग्राम र परासी शाखा उद्घाटन

काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार १० गते शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनता माझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो ।
तिलोत्तमा नगरपालिका ५, रुपन्देही स्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए ।
रामग्राम नगरपालिका ३ परासीस्थित परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका संचालक मन महर्जनले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।