कामना सेवा विकास बैंकको डेपुटी सीईओ बन्दै दाहाल, ४ तह बढुवा गरेर विओकेबाट ढुङ्गानालाई ल्याउँदै « Arthapath.com
१५ असार २०७९, बुधबार

कामना सेवा विकास बैंकको डेपुटी सीईओ बन्दै दाहाल, ४ तह बढुवा गरेर विओकेबाट ढुङ्गानालाई ल्याउँदै



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा विनय दाहाल नियुक्त भएको छ । लामो समयदेखी रिक्त डेपुटी सीईओमा दाहाल नियुक्त भएका छन् । साउन १ गतेदेखि लागु हुने गरी डीसीईओमा दाहाललाई नियुक्त गरेको बैंक स्रोतले अर्थपथलाई जानकारी दिएको छ ।

दाहाल हाल एनएमबी बैंकमा हेड विजनेश एण्ड प्लानिङ (प्रोभिन्स) विभाग सम्हालिरहेका छन् । उनीसँग २७ वर्षको बैंकिङ्ग अनुभव रहेको छ । कामना सेवा विकास बैंकमा पछिल्लो समय लोनका फाइलहरु विग्रिएपछि दाहाललाई नियुक्त गरेको हो । उनि एनबएमी बैंकमा एसएमई लोन हेर्दै आएका छन् ।

कामना सेवा विकास बैंकमा वर्तमान सीईओ प्रविण बस्नेतको कार्यकाल आगामी माघसम्म रहेको छ । सो पछि सीईओ बनाउनेगरी अधिकारसहित दाहाललाई कामनाले भित्र्याउन लागेको चर्चा छ । राम्रो गर्दागर्दै बैंकको केही कर्जा विग्रिएपछि संचालक समिती व्यवस्थापन टिमसंग असन्तुष्टि राख्दै आएका छन् ।

कामना र सेवा विकास बैंक मर्ज भएर बनेको सो बैंकमा प्रविणकै नेतृत्वले धेरै सुधार गरेको थियो । तर संचालक समिती केही कर्जामा समस्या आउने वित्तिकै म्यानेजमेन्टमाथी टचर दिन थालेको बुझिएको छ ।

उता बैंक अफ काठमाण्डूका अडिट हेड विकाश ढुङ्गाना पनि कामना सेवा विकास बैंकको एजिएम भएर भित्रिने भएका छन् । उनलाई कामना सेवा बैंकले एकैपटक ४ पोष्ट प्रमोसन दिएर लान लागेको बुझिएको छ । साविक कामना बैंकका पुर्व कर्मचारी ढुङ्गाना विओके ग्लोवल बैंकमा मर्ज हुन लागेपछि कामना सेवा बैंक जान लागेका हुन् । उनले कामना बैंक छाडेर केही समय सांग्रिला विकास बैंकमा समेत काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्