एक्सेल डेभलपमेन्ट बैंक १६औं साधारण सभा साउन ९ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
१९ असार २०७९, आईतवार

एक्सेल डेभलपमेन्ट बैंक १६औं साधारण सभा साउन ९ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा साउँन ९ गतेका लागि बोलाएको छ । असार १७ गते बसेको संचालक समितिको बैठकले सो दिन सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

सभाले संचालक समितिबाट प्रस्तावित हालको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५१ लाख ५२ हजार रुपैयाँ वितरण वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस शेयर विवरणबाट बैंक साविक जारी तथा चुक्तापूँजी वृद्धि गरी कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्नेछ ।

उक्त सभाले संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको बासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धी अनुसूचीहरु पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले असार २८ गतेदेखि साउँन ९ गतेसमम बुक क्लोज गर्ने भएकाले असार २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्