यी ३ विकास बैंकमा सीईओ रिक्त हुँदै, को-को छन् आकांक्षी ? « Arthapath.com
१९ असार २०७९, आईतवार

यी ३ विकास बैंकमा सीईओ रिक्त हुँदै, को-को छन् आकांक्षी ?



लुम्बिनी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकको सीईओ रिक्त हुँदै

काठमाडौं । विकास बैंकहरुको नेतृत्व सम्हाल्दै आएका विभिन्न ३ वटा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्यकाल समाप्त हुने भएको छ । लुम्बिनी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकको सीईओको कार्यकाल सकिने भएको हो । सीईओको कार्यकाल सकिन लागेपछि नयाँ सीईओ नियुक्त गर्ने की दोहोर्याउने भनेर संचालकहरुबीच आन्तरिक छलफल पनि चलेको छ ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश सिंह बोहराको कार्यकाल साउनमा सकिने भएको छ । ४ बर्ष अघि बैंकको सीईओमा नियुक्त भएका बोहराको कार्यकाल साउन १ गतेदेखि समाप्त हुने भएको हो ।

भारतको इलाहाबाद विश्वविद्यालयबाट एमबीए गरेका बोहरा साढे २ दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत छन् । नेपाल बंगलादेश बैंक लिमिटेडबाट आफ्नो बैंकिङ करियर शुरु गरेका उनले जुलाई १८, २०१८ मा प्रमुख कार्यकारी अधिकृतको रुपमा लुम्बिनी विकास बैंक लिमिटेडमा प्रवेश गरेका थिए ।

उनलाई नै बैंकको सीईओमा नियुक्त गर्ने सम्भावना कम रहेको छ । बैंकको आगामी बन्ने सीईओका लागि खोजि भइरहेको स्रोतले बताएको छ । उनलाई दोस्रो कार्यकाल दोहोर्याउने वा नदोहोर्याउने भनेर छलफल भइरहेको छ ।

सांग्रीला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुुख कार्यकारी अधिकृत (सीईओ) सुुयोग श्रेष्ठको पनि छिट्टै कार्यकाल सकिने भएको छ । भदौ ८, २०७५ सालमा बैंकको सीईओमा नियुक्त भएका उनको भदौमा कार्यकाल सकिने भएको हो । श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए ।

सीईओ श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन् । उनले इन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर पदबाट बैंकिङ्ग करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए ।

साथै उनले सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुँदै प्रबन्धक तहसम्मको जिम्मेवारी सम्हालेका थिए । सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक, सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुँदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलतापूूर्वक बहन गरेका थिए ।

स्रोतका अनुसार बैंकको सीईओमा श्रेष्ठको दोस्रो कार्यकाल थप हुन सक्ने भएको छ । पहिलो कार्यकालमा बैंकलाई थप उचाईमा पुर्याएका श्रेष्ठलाई नै दोहोर्याउने एक संचालकले अर्थपथलाई बताए ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेतको पनि कार्यकाल लगत्तै सकिने भएको छ । सीईओ बस्नेतको कार्यकाल फागुन १ गते सकिने भएको हो । ४ वर्षे कार्यकाल सकेर फागुन १ गतेदेखि पहिलो कार्यकाल समाप्त हुने भएको हो । सीईओ बस्नेत यसअघि सोही बैंकको कायम मुकायम (कामु) सीईओ थिए ।

सीईओ बस्नेत चार्टर्ड एकउन्टेन्ट समेत हुन् । बैंकिङ्ग क्षेत्रमा उनको २२ वर्षको अनुभव छ । उनले विभिन्न वाणिज्य बैंकहरुको महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । बस्नेतले यसअघि नबिल बैंक, एनबी बैंक, एनआइसी एशिया बैंक र माछापुच्छ्रे बैंकमा समेत काम गरेका थिए । ।

कामना सेवा विकास बैंकको आगामी बन्ने सीईओमा भने २ जनाको नाम चर्चामा रहेको छ । हालका सीईओ बस्नेतलाई नै दोहोर्याउने की अब बन्ने (डेपुटी सीईओ) विनय दाहाललाई बनाउने भनेर छलफल भइरहेको छ । स्रोतका अनुसार डेपुटी सीईओमा विनय दाहाल नियुक्त हुने भएका छन् । दाहाललाई आगामी सीईओ बनाउने गरी नियुक्त गरिने भएको हो । साउन १ गतेदेखि लागु हुने गरी डीसीईओमा दाहाललाई नियुक्त गर्ने बैंक स्रोतले अर्थपथलाई जानकारी दिएको छ । कामना सेवा विकास बैंकमा वर्तमान सीईओ बस्नेतको कार्यकाल सकिएपछि दाहाललाई सीईओ बनाउने चर्चा छ ।


प्रतिक्रिया दिनुहोस्