पोखरेललाई डेपुटी दिएर सिभिल बैंक अक्वायर गर्दै हिमालयन बैंक, शुक्रबार एमओयू हुने « Arthapath.com
२२ असार २०७९, बुधबार

पोखरेललाई डेपुटी दिएर सिभिल बैंक अक्वायर गर्दै हिमालयन बैंक, शुक्रबार एमओयू हुने



काठमाडौं । झण्डै २ वर्ष अघि सिभिल बैंकका तत्कालिन अध्यक्ष इच्छाराज तामाङले एक पत्रकार सम्मेलनमा हामी प्रतिष्ठित ठहरिएको कुनै बाणिज्य बैंकसंग मर्जरको सन्देश शुनाउने बताएका थिए । तामाङ आफै बैंकिङ कसुरमा परेर अहिले कारागारमा छन् भने उनकै सोच अनुसार लामो छलफल पछि सिभिल बैंकले मर्जर त्यै बेला भनेको प्रतिष्ठित हिमालयन बैंकसंग गर्न शुक्रबार एमओयू गर्ने भएको छ ।

२ वर्ष अघि २५ रुपैयाँमा अक्वायर गर्न चाहेको हिमालयन बैंकले अहिले ८१ रुपैयाँमा राजी भएको छ । समयले कोल्टे फेरेपछि सिभिल बैंकका लगानीकर्ता मालामाल हुने भएका छन् । सिभिल बैंकले २ वर्षमा आफ्नो वार्गेनिङ बढाएर ३५ रुपैयाँबाट ८१ रुपैयाँमा पुर्याउन सफल भएको छ ।

हिमालयन बैंकका सीईओ अशोक राणा १ महिना लामो विदेश बसाइका कारण थाती बसेको मर्जरको गती राणा फर्केको १ सातामै टुङ्गोमा पुगेको हो । स्वाम मंगलबार साँझ फाइनल भएको र कर्मचारी समायोजनका कुरामा केही बाँकी रहेको सिभिल बैंक स्रोतले बताएको छ । केही प्रविधिक कुरा टुङ्ग्याएर शुक्रबार ३ बजे दुई बैंकको एमओयू हुनेछ ।

मर्जर प्रश्चात सिभिल बैंकका कोही संचालक रहने छैनन् भने कर्मचारी समायोजन सम्मानजनक रुपमा गर्ने सहमती भएको छ । आफ्नो पार्टरसंग मर्जर टुलेको नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई ९० रुपैयाँमा मर्ज गर्ने सहमती गरेपछि सिभिल बैंकले पनि हिमालयनसँग ८५ रुपैँया स्वाप मागेका थियो । अन्तमा बैंकको नाम संचालक समिति केही पनि नलिने सर्तमा सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयनको ८१ कित्ता हुनेगरी एमओयू हुन लागेको हो ।

मर्जर प्रश्चात राणा सीईओमा निरन्तर रहनेछन् भने सिभिल बैंकका सीईओ रहेका शुनिल पोखरेल मर्जर प्रश्चात डेपुटी सीईओ रहने सहमती भएको छ । हिमालयन बैंकमा सीईओ अशोक राणा रहेका छन् भने जिएमद्वय उज्ज्वल राजभण्डारी र अनुप मास्के रहेका छन् । मर्जर प्रश्चात पोखरेल डिसीईओ बन्ने पक्का भए पनि अन्य कर्मचारी कसरी समायोजन गर्ने भन्ने टुङ्गो लागेको छैन ।

हिमालयन बैंकमा ३ एजिएम रहेका छन् । विपिन हाडा, सुनिल गोर्खाली र सतिसराज जोशी रहेका छन् भने सिभिल बैंकमा सीईओ पोखरेल डेपुटी सीईओमा पदोन्नती भएको सचिनजंग रायमाझी र चिफ क्रेडिटमा सुमन आचार्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्