प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
२७ असार २०७९, सोमबार

प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले ३ पटक बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयर बिक्रीमा गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ । बैंकले संस्थापकहरुको नाम र विक्री मूल्य खुलाएको छैन । यसका लागि कम्पनी सचिवको कार्यालयमा नै सम्पर्क गर्न अनुरोध गरेको छ ।
साथै, तोकिएको अवभि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्