नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको संस्थापक शेयर असार ८ गतेदेखि लिलामीमाको उक्त शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सका न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ र एनआईसी एशिया बैंकको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले न्यूनतम १ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्ता माग गरि असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।