महाप्रसादले व्यवस्थापन सम्हालेको एनबी बैंक उनकै नेतृत्वको राष्ट्र बैंकको नीतिले विलय, बन्यो नविल बैंक

काठमाडौं । देशमा २०६२÷०६३ सालमा नेपालमा गहिरिँदो राजनीतिक सङ्कट त छदै थियो । सोही समय वित्तीय क्षेत्रमा पनि सङ्कट नआएको होइन । पब्लिक कम्पनीमा आएको यो सङ्कट बैंकिङ क्षेत्रको उदाहरण बन्ने गरेको छ । २०६२ सालमा नेपाल बङ्गलादेश बैंकमा एकाएक निक्षेप कर्ताहरुको लाइन लाग्न थाल्यो ।
सन् २०५० सालमा जितबहादुर लक्ष्मी बहादुर श्रेष्ठले नेतृत्व गरेको एनबी ग्रुप, रामलाल श्रेष्ठले नेतृत्व गरेको आइसिटिसि ग्रुप र बङ्गलादेशी साझेदार आईएफआईसी बैंकको लगानीमा खुलेको नेपाल बङ्गलादेश बैंक २८ वर्षपछि विलय भएको छ । बजारमा निजी क्षेत्रको बैंकहरु एकदमै कम भएको अवस्थामा वित्तीय सेवाको लागी खुलेको एनबी बैंक अहिले बैंक धेरै भएको भन्दै नियमनकारी निकाय नेपाल राष्ट्र बैंककै कारण मर्जरको बाटो रोज्नुपर्यो ।
कुनै बेला वित्तीय साक्षरताको लागी राष्ट्र बैंककै प्रश्रयमा खुलेको एनबी बैंक विभिन्न उतारचढाव पार गर्दै करिब २८ वर्षपछि अवसान भएको छ । कुनै बेला बैंकिङ क्षेत्रमा चार्मिङ ल्याएको एनबी बैंक आफूलाई टिकाउन सकेन ।
बैंक खुलेको १२ वर्षपछि एनबी बैंकमा भूकम्प गयो । २०६२ साल जेठमा एनबी बैंकका निक्षेपकर्ता एकाएक निक्षेप असुरक्षित नभएको भन्दै लाइन लागेर नगद निकाल्न थालेपछि एनबी बैंक समस्यामा पर्यो । ‘बैंकमा केही खराब कर्जा नभएका होइनन् तर एक दैनिक पत्रिकाले बैंक ठुव्नै लागेको समाचार बाहिरिएपछि बैंक थप सङ्कटमा परेको तत्कालीन जिएम रहेको गोविन्दबाबु तिवारीले भने ।’
छोटो समयमै राष्ट्र बैंकलाई विश्वास दिलाएर व्यवस्थापन फिर्ता ल्याउने कामको नेतृत्वकर्ता थिए तिवारी । समस्याको बेलामा सीईओ नरेन्द्र भट्टराईले राजिनामा दिएका थिए । तिवारीले २०६८ सालमै बैंकको सीईओबाट बिदा लिए भने १० वर्ष सो बैंकको नेतृत्व ज्ञानेन्द्र ढुङ्गानाले दिए । ढुङ्गानानै एनबी बैंकको अन्तिम सीईओ बने । उनको कार्यकालसँगै बैंक मर्जरमा गयो ।
एनबी बैंकको विदेशी साझेदारलाई आईएफआईसीको सेयर नेपालको प्रतिष्ठित व्यवसायी घराना विनोद चौधरीको हातमा पु¥याउन मुख्य भूमिका खेलेका ढुङ्गाना नविलसंग मर्जरपछि पनि सीईओ भैसकेका छन् । नेतृत्व क्षमता अव्वल भएका ढुङ्गानाकै नेतृत्वले एनबी बैंकलाई मर्जरमा पु¥याएर वित्तीय स्थायित्व कायम गराउन भूमिका खेले भने एनबी बैंकको अवसान पनि गराए ।
बैंकमा समस्या आएपछि उपचारमा खटिएका थिए हालका गभर्नर महाप्रसाद अधिकारी । व्यवस्थापन संयोजक भएर तत्कालीन निर्देशक अधिकारीको नेतृत्वमा राष्ट्र बैंकबाट भीष्मराज ढुङ्गाना, केशव केसी र सचिनजंग रायमाझीको टिम थियो । उनको टिमले झन्डै १ वर्षमा बैंकमा भएका समस्या सुल्झाएर रिभरकीलाई फोकस गरेको सो टोलीको सदस्य रहेका भीष्म ढुङ्गानाले बताए ।
संयोगै मान्नुपर्छ महाप्रसाद अधिकारीको नेतृत्वले सुधार गरेको एनबी बैंक उनी गभर्नर भएपछि ल्याएको वाणिज्य बैंकको सङ्ख्या घटाउने नीतिको कोप भाजनमा पर्यो । अव एनबी बैंकको इतिहासमा सीमित हुनेछ ।
एनबी बैंकमा बैंकमा कर्जा उठ्न नसकेर समस्यामा परेको थियो । ‘हामीले गएर पहिले निक्षेपकर्ताको निक्षेप सुरक्षाको प्रत्यभुति दिएर पुर्न कर्जा लिएर बैंक सर्भाइभ गरेका थियौँ’ ‘१ वर्षपछि बोर्ड मात्रै राष्ट्र बैंक बसेर व्यवस्थापन हस्तान्तरण गरेपछि बैंकले पिक अप लियो ढुङ्गानाले भने ।’
६ करोड चुक्ता पुँजी रहेको एनबी बैंकले छोटो अवधिमा साँढे ३ अर्ब निक्षेप फिर्ता गर्न सफल भएको थियो । सङ्कटको बेलामा जन्मिएको नेपाल बङ्गलादेश बैंक विभिन्न आरोह अवरोह पार गर्दै १९ वर्षमै अवसान हुन पुग्यो । नेपाल बङ्गलादेशलाई गाभेर नविल बैंकले आजदेखि एकीकृत कारोबार गरेको छ । नबिलले एनबी बैंकलाई १००ः४३ शेयर अनुपातमा प्राप्ति गरेको हो । एनबीलाई प्राप्ति गरेसँगै नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुग्नेछ ।