सानिमा बैंकको ऋणपत्र बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा « Arthapath.com
३० असार २०७९, बिहीबार

सानिमा बैंकको ऋणपत्र बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । सानिमा बैंक लिमिटेडले ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको हो ।

बैंकले मंगलबार वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

बाँडफाँड सम्बन्धी विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङबाट संचालित मेरो शेयर मार्फत हेर्ने सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्