एभरेष्ट बैंकको रोजगारीको अवसरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडलेको रोजगारीको अवसरमा आवेदन दिने आज (असार ३२ गते) अन्तिम दिन रहेको छ । बैंकले २ पदका लागि कर्मचारी मागेको हो ।
बैंकले वरिष्ठ सहायक र सुपरभाईजर पदका कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स लिएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी आज (असार ३२ गते) भित्र बैंकको बेभसाइट मार्फत आवेदन दिन सकिनेछ ।
