कृषि विकास बैंकको रोजगारीको अवसरमा आवेदन दिने साउन १२ गते अन्तिम दिन

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको रोजगारीको अवसरमा आवेदन दिने साउन १२ गते अन्तिम दिन रहेको छ । बैंकले विभिन्न पदमा १५२ जना कर्मचारी मागेको हो ।
बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १२ गतेसम्म बैंकको बेभसाइट https://recruitment.adbl.gov.np/rec/Default.aspx मार्फत आवेदन दिन सकिनेछ ।


