श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २० हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
४ श्रावण २०७९, बुधबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २० हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक समूह तर्फको २० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरु बसन्त प्रसाद जोशीले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ४ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्