लुम्बिनी विकास बैंक र कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न, बोर्डमा दिए आवेदन « Arthapath.com
४ श्रावण २०७९, बुधबार

लुम्बिनी विकास बैंक र कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न, बोर्डमा दिए आवेदन



काठमाडौं । लुम्बिनी विकास बैंक र कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न भएको छ । दुबै बैंकले ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले असार ३० गते १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीले वार्षिक ११ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बोर्डबाट निष्कासन गर्नका लागि स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

कुमारी बैंक

कुमारी बैंकले असार ३१ गते ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो ।

बोर्ड बाट स्वीकृत पाएसँगै बैंकले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्