समृद्धि फाइनान्सका ग्राहकलाई थर्टी टु क्याफे एंडमा १२ प्रतिशतसम्म छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र थर्टी टु क्याफे एंड कफी स्टेशन बिच साउन ५ गते सम्झौता भएको छ । उक्त सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ होटेल थर्टी टु क्याफे एंड कफी स्टेशनले फूड र बेभरेजमा १० प्रतिशत देखि १२ प्रतिशत सम्म छुट दिने भएकोछ ।
सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक बिनोद राज पौडेल र थर्टी टु क्याफे एंड कफी स्टेशनका म्यानेजर अमन अईयरले हस्ताक्षर गरेका हुन । पुतलीसडकमा शंकरदेव क्याम्पस नजिकै रहेको यो क्याफे धेरैनै भिडभाड हुने र स्वादिस्ट खाने कुराको लागि प्रसिद्ध छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकास अधिकृत श्री सुरज कुमार सर्राफले जनाउनु भएको छ ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।