आर्थिक वर्ष सकिएको २१ दिनभित्र चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न राष्ट्र बैंकको निर्देशन « Arthapath.com
५ श्रावण २०७९, बिहीबार

आर्थिक वर्ष सकिएको २१ दिनभित्र चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आर्थिक वर्ष सकिएको २१ दिनभित्र प्रकाशन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई जारी भएको एकीकृत निर्देशन २०७८ संशोधन गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । अब बैंक तथा वित्तीय संस्थाहरुले साउन २१ गतेभित्र चौथो त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशन गरिसक्नुपर्नेछ ।

यो भन्दा अगाडि चौथो त्रैमासको विवरण प्रकाशन गर्ने समय साउन मसान्तसम्म कायम गरिएको थियो । चौथो त्रैमासबाहेक अन्य त्रैमासहरुको वित्तीय विवरण ७ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था भने यथावत रहेको बैंकले जनाएको छ । साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँँचामा आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्