कालिका लघुवित्तको खुद नाफामा छलाङ, अन्य सूचक समेत आकाशिदा प्रतिसेयर नेटवर्थ कति ? « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

कालिका लघुवित्तको खुद नाफामा छलाङ, अन्य सूचक समेत आकाशिदा प्रतिसेयर नेटवर्थ कति ?



काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले विवरण अनुसार खुद नाफामा छलाङ आएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा १३२.७२ प्रतिशतले बढेर १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५ करोड ५२ लाख १६ हजार रुपैयाँमा ुिसमित रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा आकर्षक सुधार देखिएसँगै लघुवित्तको खुद नाफा आकाशिएको देखिएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा २ करोड ६० लाख ९ हजार संचालन घाटामा रहेको लघुवित्तको गत आर्थिक वर्षको सोहि अवधिमा बढेर ८ करोड ९२ लाख ८३ हजार रुपैयाँ नाफा रहेको छ ।

त्यस्तै असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ, चुक्ता पूँजी १२.७२ प्रतिशतले बढेर ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ, रिजर्भ कोष ५१.२३ प्तिशतले बढेर २२ कराृेड ७३ लाख ८३ हजार रुपैयाँ, निक्षेप २६.७७ प्रतिशतले बढेर १ अर्ब ४६ करोड ८७ लाख २० हजार रुपैयाँ र कर्जा लगानी ३ अर्ब ९१ करोड ६६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले प्रतिसेयर आम्दानी २१ रुपैयाँ १८ पैसाले बढाएर ४१ रुपैयाँ ०७ पैसा (वार्षिक) पुर्याएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १७२ रुपैयाँ ६८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्