प्रोगेशिभ फाइनान्सले ८ लाख कित्ता शेयर बिक्रीमा « Arthapath.com
९ श्रावण २०७९, सोमबार

प्रोगेशिभ फाइनान्सले ८ लाख कित्ता शेयर बिक्रीमा



काठमाडौं । प्रोगेशिभ फाइनान्सले लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक समूह तर्फको ८ लाख ३२ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

फाइनान्सका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ( साउन ९ गते) मितिबाट ३५ दिनभित्र संचालक समितिमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्