नेप्सेमा कुमारी धनवृद्धि योजना र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सूचीकृत

काडमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी धनवृद्धि योजना र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सूचीकृत भएको छ ।
कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तरगतको कुमारी धनवृद्धि योजनाका १२ करोड २५ लाख ७ हजार २५९ इकाई सोमबार नेप्सेमा सूचीकृत भएको हो । एनआईसी एशिया क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तरगतको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको १० करोड २० लाख इकाई पनि नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कुमारी धनवृद्धि योजना योजनको कारोबार संकेत केडिबीवाई प्रदान गरेको छ भने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको दोस्रो बजारको कारोबारको लागि एनआईसीएफसी कारोबार संकेत प्रदान गरेको छ ।
उक्त कारोबार संकेतमा कम्पनीको इकाई दोस्रो बजारमा भोली (साउन १० गते) देखि कारोबारमा आउनेछ ।