एनआइसी एशिया लघुवित्तको खुद नाफा साढे ५८ करोड माथि, अन्य सूचक कस्तो ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार आएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २४.४९ प्रतिशतले बढेर ५८ करोड ५६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ४७ करोड ४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ५ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ३ करोड ९७ लाख ४० हजार रुपैयाँ आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ७० करोड ५५ लाख २८ हजार रुपैयाँ संचालन नाफा गरेको थियो भने गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ३१.७३ प्रतिशतले बढेर ९२ करोड ९३ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १ अबए ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ६८.५६ प्रतिशतले बढेर १ अर्ब ४० करोड ८९ लाख ४ हजार रुपैयाँ, कर्जा सापटी ४.६१ प्रतिशतले बढेर १६ अर्ब ३१ करोड ७ लाख ५७ हजार रुपैयाँ, निक्षेप संकलन २५.२० प्रतिशतले बढेर ३ अर्ब ३५करोड २६ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ ।
लघुवित्तको खुद नाफा बढेसँगै प्रतिसेयर पनि आम्दानी ६ रुपैयाँ ६३ पैसाले बढेर ३३ रुपैयाँ ६७ पैसा पुगेको छ र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ ।