ग्रीन डेभलपमेण्ट वैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई ६७ हजार रुपैयाँ सहयोग

काठमाडौं । ग्रीन डेभलमपमेण्ट वैंक लिमिटेडले मादी गाउँपालिका ७, कास्कीका सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलव्ध गराउने उद्धेश्यले २००० लिटरका २ थान र १००० लिटरको १ थान ट्याङ्की उपलव्ध गराएको छ । बैंकले लेखनाथ खानेपानी उपभोक्ता संस्था मार्फत् खानेपानी ट्याङ्की स्थापना तथा खरिद गर्नको लागि ६७ हजार सहयोग प्रदान गरेको हो ।
सोमवार आयोजित एक कार्यक्रममा वैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि वहादुर वुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई वैंकको सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा वोल्दै वैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत वुढाथोकीले लेखनाथ वासीहरुलाई मात्र नभई आसपासका क्षेत्रमा समेत स्वच्छ पानीको व्यवस्थापनमा लेखनाथ खानेपानी उपभोक्ता संस्था सफल रहेको र उक्त अभियानमा वैंक सहभागी हुन पाउनु गर्वको विषय रहेको बताए । सोही कार्यक्रममा वोल्दै खानेपानी संस्थाका अध्यक्ष मुरारी शर्माले वैंकहरुले समेत जनतालाई शुद्ध खानेपानी उपलव्ध गराउने अभियानमा सहभागी भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकार्यको अपेक्षा गर्ने बताए ।
उक्त कार्यक्रममा वैंकका तर्फवाट संयुक्त धाख्वा, दुर्गा प्रसाद श्रेष्ठ, रविचन्द्र तिमिल्सीना तथा खानेपानी उपभोक्ता संस्थाका कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । वैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका अत्याधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।