सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई रुष्काको मेकअप स्टुडियोमा विशेष छुट « Arthapath.com
२१ असार २०८२, शनिबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई रुष्काको मेकअप स्टुडियोमा विशेष छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुष्काको मेकअप स्टुडियोमा बिशेष छुट प्रदान गर्ने भएको छ । उक्त छुट सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र रुष्काको मेकअप स्टुडियोका तर्फबाट उक्त कम्पनीका संचालिकारुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रुष्काको मेकअप स्टुडियोको मेकअप कोर्षमा १५ प्रतिशत, ब्यूटी पार्लर सेवामा २० प्रतिशत, सौन्दर्य सम्बन्धित उत्पादनमा १० प्रतिश छुट प्राप्त गर्न सक्नु हुनेछ ।

यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्