कामना सेवा विकास बैंकको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ३३६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १७ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सकिनेछ ।
यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकता दिदैं खरिदका लागि ३५ दिन सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।