एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २८ अर्बले घट्दा कर्जा प्रवाह पनि ओरालो « Arthapath.com
१७ श्रावण २०७९, मंगलवार

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २८ अर्बले घट्दा कर्जा प्रवाह पनि ओरालो



काठमाडौं । चालू आर्थिक वर्षको सुरुवातदेखि नै वाणिज्य बैंकहरुमा निक्षेप घटेको छ । चालू आर्थिक वर्षको अर्थात साउनको पहिलो हप्ता ६३ अर्बले घटेको निक्षेप दोस्रो हप्ता पनि २८ अर्ब रुपैयाँले घटेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप दोस्रो सातासम्म अर्थात साउन १३ गतेसम्म आइपुग्दा २८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सिमित बनेको हो ।

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । साउन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह एक अर्ब रुपैयाँले घटेर साउन १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा सिमित रहेको छ ।


प्रतिक्रिया दिनुहोस्