मुक्तिनाथ विकास बैंक मुनाफा १८ प्रतिशतले वृद्धि, वितरणयोग्य नाफा ८१ करोड माथि

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण बिहिबार सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक विवरण अनुसार खुद नाफा १८.४७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको सोही अवधिमा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको वितरण योग्य नाफा र संचालन नाफा समेत सुधार आउँदा बैंकको खुद नाफा आकाशिएको देखिएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशतले ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७८ करोड ८६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा १९.५० प्रतिशतले बढेर १ अर्ब ९६ करोड १९ लाख ८८ हजार रुपैयाँ, रिजर्भ कोषमा ४४.३६ प्रतिशतले बढेर १ अर्ब ६२ करोड २१ लाख ६१ हजार रुपैयाँ, निक्षेप २०.४३ प्रतिशत र कर्जा १९.१८ प्रतिशत बढेको छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा छ ।