कृषि विकास बैंकको वितरणयोग्य नाफा झण्डै ४ अर्ब रुपैयाँ, अन्य सूचक कस्तो ? « Arthapath.com
२१ असार २०८२, शनिबार

कृषि विकास बैंकको वितरणयोग्य नाफा झण्डै ४ अर्ब रुपैयाँ, अन्य सूचक कस्तो ?



काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा २३.७४ प्रतिशतले घटेर २ अर्ब ६९ करोड ५७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको मुनाफा ३ अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्मको अवधिमा बैंकको संचालन नाफा ओरालो लाग्दा खुद नाफामा प्रभाव परेको छ । यस अवधिमा बैंकको संचालन नाफा १८.२५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८१ लाख ६६ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ३ करोड ७३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ८६ करोड ५७ लाख १७ हजार रुपैयाँ आर्जन गरेको थियो भने गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड ९१ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ ।

बैंकले वितरणयोग्य नाफा भने १२५ प्रतिशतले बढाएर ३ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १३.३८ प्रतिशतले बढेर १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ, निक्षेप संकलन २.२६ प्रतिशत र कर्जा लगानी १८.५४ प्रतिशतले बढेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस्