गरिमा विकास बैंकको शेयर विक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने « Arthapath.com
२० श्रावण २०७९, शुक्रबार

गरिमा विकास बैंकको शेयर विक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीहरुको नाममा भएको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाले निवेदन दिन पाउनेछन् । शेयर खरिद गर्ने सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको प्रधान कार्यलय लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

बैंकले यो भन्दा अगाडी नै विद्ययमान शेयरधनीलाई प्रथामिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्