तपाईको डिम्याट खातामा आयो १६ प्रतिशत बोनश शेयर ? आएको छैन् भने यसो गर्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको खातमा पठाउन सुरु गरेको छ । बैंकको गत चैत १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशतको बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ ।
कम्पनीले गत चैत ३ गतेसम्ममा शेयर अभौतिकीकरण गराईसकेका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको हो । १६ प्रतिशत बोनस शेयर नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ ।
चैत १८ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर डिम्याट खातामा नै प्राप्त गर्न शेयरधनीलाई कम्पनीले अनुरोध गरेको छ ।
्