संचालन नाफामा छलाङ आउँदा नेपाल फाइनान्सको नाफा झण्डै ५ करोड, अन्य सूचक पनि आकाशिए « Arthapath.com
२० श्रावण २०७९, शुक्रबार

संचालन नाफामा छलाङ आउँदा नेपाल फाइनान्सको नाफा झण्डै ५ करोड, अन्य सूचक पनि आकाशिए



काठमाडौं । नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा छलाङ आएको छ ।

गत आर्थिक वर्षको चौथा त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ८५.२१ प्रतिशतले बढेर ४ करोड ८५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा भने २ करोड ६२ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा छलाङ आउँदा खुद नाफा समेत आकाशिएको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८४.२५ प्रतिशतले बढेर ७ करोड ७२ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड ९९ हजार रुपैयाँमा सिमित रहेको थियो ।

अन्य सञ्चालन आम्दानीमा पनि ७७८.४३ प्रतिशतले बढेर २ करोड ७० लाख ३ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सञ्चालन नाफा पनि २१२.२० प्रतिशतले बढेर ५ करोड २१ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा १ करोड ६७ लाख १८ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४७.०१ प्रतिशतले बढेर ७२ करोड ५४ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको पुँजी बढेको हुनाले पनि यसको प्रतिसेयर आम्दानीमा प्रभाव परेको छ । खुद नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने १७ पैसाले घटेर ९ रुपैयाँ ६३ पैसामा सीमित भएको छ । कम्पनीको पुँजी बढेको हुनाले पनि यसको प्रतिसेयर आम्दानीमा प्रभाव परेको हो । यसको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्