जानकी फाइनान्सको नाफा ४ करोड माथि लम्किदैं, अन्य सूचक कस्तो ? « Arthapath.com
२० श्रावण २०७९, शुक्रबार

जानकी फाइनान्सको नाफा ४ करोड माथि लम्किदैं, अन्य सूचक कस्तो ?



काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा ३८ प्रतिशत बढेर ४ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ११ लाख रुपैयाँमा सिमित रहेको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ६७ प्रतिशत र सञ्चालन नाफा ३२ प्रतिशत वृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ६९ करोड ४ लाख रुपैयाँ, जगेडा २० करोड ५१ लाख रुपैयाँ, रिटेण्ड अर्निङमा ४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ दशमलव २८ रहेकोमा बढेर ८ दशमलव ३२ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४४ दशमलव ७१ प्रतिशत, तरलता अनुपात २३ दशमलव २२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ६४ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्