धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिनेको ओइरो, ४७ करोड संकलन हुदाँ १५ गुणाको आवेदन « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिनेको ओइरो, ४७ करोड संकलन हुदाँ १५ गुणाको आवेदन



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिनेको ओइरो लागेको छ । आज (साउन २४ गते) पहिलो दिन मै उक्त आइपीओमा १५ गुणा बढीको आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार (साउन २४ गते) साँझ ५ बजेसम्ममा ४ लाख १६ हजार १२९ जना आवेदनबाट ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको ४७ लाख ७१ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले आजदेखि जारी पूँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

उक्त कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघवित्तको आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ भने माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समथ थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्