प्रतिकित्ता १ सय रुपैयाँमा समृद्धि फाइनान्सको शेयर बिक्रीमा « Arthapath.com
२६ श्रावण २०७९, बिहीबार

प्रतिकित्ता १ सय रुपैयाँमा समृद्धि फाइनान्सको शेयर बिक्रीमा



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर विक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही ब्याक्ति ,कम्पनी,संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी भदौ २ गते कार्यालय समयसम्म विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन पेश गर्न सकिनेछ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर सँख्याका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्