क्रिप्टोकरेन्सीलाई मान्यताको माग राख्दै सर्वोच्चमा रिट, भदौं ६ गते प्रारम्भिक सुनुवाइ हुने « Arthapath.com
२१ असार २०८२, शनिबार

क्रिप्टोकरेन्सीलाई मान्यताको माग राख्दै सर्वोच्चमा रिट, भदौं ६ गते प्रारम्भिक सुनुवाइ हुने



२ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राख्दै रिट निवेदन दर्ता भएको छ । बिहिबार क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने माग गर्दै रिट परेको हो ।

अधिवक्ता सागर बराल लगायतले सर्वोच्च दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षि बनाइएको छ ।

उक्त रिटको आगामी सोमबार (भदौं ६ गते) निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्