कुमारी बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति « Arthapath.com
५ भाद्र २०७९, आईतवार

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ऋणपत्र निष्कासन गर्नका लागि अनुमति दिएको छ । बोर्डले ऋणपत्र निष्कासनका लागि भदौ १ गते अनुमति पाएको हो ।

अनुमति पश्चात बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ । कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।


प्रतिक्रिया दिनुहोस्