ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा « Arthapath.com
७ भाद्र २०७९, मंगलवार

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर र न्यूनतम मूल्य भने खुलाएको छैन ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ७ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्