बिल भुक्तानीलाई सरल बनाउन गरिमा विकास बैंकले गर्यो मोको डिजिटल वालेटसँग सम्झौता « Arthapath.com
८ भाद्र २०७९, बुधबार

बिल भुक्तानीलाई सरल बनाउन गरिमा विकास बैंकले गर्यो मोको डिजिटल वालेटसँग सम्झौता



काठमाडौं । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

सम्झौतानुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई मोबाइल टपअप, इन्टरनेट, विद्युत र खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानीलगायतका सेवा सजिलै प्रयोग गरी बिल भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै मोको डिजिटल वालेटबाट नेपालभर एक हजार पाँच सयभन्दा बढी मर्चेन्टमा स्क्यान टु पेमार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ । हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्