५५ प्रतिशत नगद लाभांश पारित एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न « Arthapath.com
८ भाद्र २०७९, बुधबार

५५ प्रतिशत नगद लाभांश पारित एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सम्पन्न भएको छ ।क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीस्थित सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान,हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु.११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।सभामा क्यापिटलका अध्यक्षश्री कपिल ढकाल ज्यूले क्यापिटलले आ.व. २०७८÷०७९ मा रु.१२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.६०.३९कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुदमुनाफाको आधारमापहिलो स्थान हासिल गर्न सफलभएको सभालाई जानकारी गराए ।

उनले क्यापिटल स्थापनाभएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवाअन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थानर लगानी व्यवस्थापन सेवाअन्तर्गत ५७३ जना ग्राहकहरुबाट रु.१ अर्व ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको व्यहोरा सभालाई जानकारी गराए । साथै क्यापिटलले संचालनमाआएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १४१ प्रतिशतभन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गरएका छन् ।


अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाताखोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवाउपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाण्डौ उपत्यका भित्रकिर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवाविस्तार गरेको छ । साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवाविस्तार गर्ने रणनीति लिएको छ ।

क्यापिटलले हालशेयर रजिष्ट्रार, निष्काशनतथाबिक्रीप्रबन्ध, शेयर प्रत्याभूति, लगानीव्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतकामर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एयिशा बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डमा Systematic Investment Plan (SIP) / Systematic Withdrawal Plan (SWP)संचालन गर्न लागेको छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि आसय पत्र प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लागनी कोष अन्तर्गत Private Equity/Venture Capital (PE/VC) सेवा प्रदान गर्ने योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्