बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा ८ प्रतिशत छुट « Arthapath.com
८ भाद्र २०७९, बुधबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा ८ प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्