कुमारी बैंकले भदौं १७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ? « Arthapath.com
९ भाद्र २०७९, बिहीबार

कुमारी बैंकले भदौं १७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गर्ने लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

उक्त ऋणपत्र भदौ २१ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधि भित्र माग बमोजिम आवेदन नपरेमा भदौ ३१ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेवसाइटबाट आवेदन दिन सक्नेछन् । यसका साथै,सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्