प्रभु क्यापिटलका हितग्राही ग्राहकले टि ३ थकाली ग्रुपमा १२ प्रतिशत छुट पाउने « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

प्रभु क्यापिटलका हितग्राही ग्राहकले टि ३ थकाली ग्रुपमा १२ प्रतिशत छुट पाउने



काठमान्डौँ । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । भदौं ८ गतेका दिन प्रभु क्यापिटल तथा टि३ थकाली ग्रुपका बीचमा सम्झौता भएको हो ।

यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टि३ थकाली ग्रुप बाट सेवा लिदा १२ प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउन पर्नेछ ।

सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टि३ थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्नुहुने कम्पनीले जनाएको छ ।

नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्