बैंकहरुले कृषि कर्जामा पनि पहाड र तराइमा विभेद गर्यो: कृषि सचिव शर्मा  « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

बैंकहरुले कृषि कर्जामा पनि पहाड र तराइमा विभेद गर्यो: कृषि सचिव शर्मा 



काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले नेपालको अर्थतन्त्रलाई मात्र हेरेर नपुग्ने बताए ।  ‘हाम्रो समस्या के हो ? त्यो हेर्नुपर्छ, मैले हेर्दा हाम्रो कृषि क्षेत्रमा खासै फड्को मार्न सकेका छैनौं  ।’ शर्माले नेपालको तराईका जिल्लामा कृषि कर्जा दिँदा बैंकहरुले हिच्कीचाउने गरेको बताए । दिई हालेपनि बैंकहरुले तराईवासीलाई बढि व्याज अशुल्ने गरेको बताए ।

नेपाल राष्ट्र बैङ्कका सहायक निर्देशक आसबहादुर थापा बैङ्कहरूले प्रवाह गर्ने कर्जा सर्वसाधारणको डिपोजिट भएकाले संरक्षण गर्न बैङ्कहरूलाई आग्रह गरे । उनले बैङ्कहरूले आफ्नो निजी पुँजीझैँ सोचेर कर्जा दिन नहुने बताए । थापाले सहुलियत दरमा व्यावसायिक कृषकलाई कर्जा दिने नीति राष्ट्र बैङ्कले दिएको र त्यसै अनुसार बैङ्कहरूले कृषि कर्जा दिनुपर्ने बताए । 

थापाले १० खर्वको कृषि कर्जाको डिमान्ड भएको नेपालमा हालसम्म ३ खर्व ८० अर्ब मात्रै कर्जा प्रवाह भएको बताए । सहुलियतपुर्ण कर्जा पनि कृषिको फोकसमा आएको भन्दै आधार दरमा २ प्रतिशत थपेर कृषि कर्जा दिनुपर्ने मौद्रिक नीतिको निर्देशन रहेको बताए ।

कार्यक्रममा कृषि विकास बैङ्कका कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले “बैकहरुले कृषि क्षेत्रमा पर्याप्त रुपमा कर्जा लगानी गरेको बताए । कुल कर्जाको ५२५अर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैकको निर्देशन अनुसार ४४० अर्ब रुपैयाँ लगानी भइसकेको जानकारी दिए ।

कार्यक्रममा नविल बैङ्कको अध्यक्ष उपेन्द्र पौडेल नेपाल सुहाउँदो सस्टेनेवल बैङ्किङ गर्नुपर्नेमा जोड दिए । उनले भने ‘कृषिको आयात नहोस् बिजुली र खाद्यान्न हामीसँग भयो भने ।’ अध्यक्ष पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैङ्क तयार रहेको बताए । कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्ने गरी मूल्य शृङ्खला निर्माण गरौँ । बैङ्कले कृषिमा लगानी गर्छ ।“

कार्यक्रममा नविल बैङ्कका डेपुटी सिइओ शुजित शाक्य ठुला प्रोजेक्ट फाइनान्सिङ गरेको नविल जस्तो ठुलो बैङ्कले तल्लो लेबलमा जानकै लागी दुर्गम क्षेत्रमासमेत शाखा थपेको बताए । कृषि कर्जामा बाटो नभए पनि कर्जा दिने बैङ्कको नीति रहेको भन्दै शाक्यले प्रोजेक्ट फिजिविलि बनाउन कृषि उद्यमीले नजानेको बताए । उनले उद्यमशीलता सिकाउने, सस्टेनेवल बैङ्किङ गर्दै कृषिको उत्पादन बढाउनमा बैङ्क लाग्ने बताए । 

आर एन्ड डी. इनोभोटिभ सोलुसनको आयोजनामा कृषि कर्जा मेलाको प्रतिवेदन सार्वजनिकीकरण तथा कर्जा प्रवाहमा आगामी कार्यदिशा विषयक छलफल कार्यक्रम कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको उद्देश्य वित्तीय साक्षरता एव कृषिमा वित्तीय पहुँच अभिवृद्धि गराउने रहेको थियो ।

विगत एक दशकदेखि कृषि र कृषकहरूलाई सबलीकरण गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रमा काम गर्दै आएको आर. एन्ड. डी इनोभेटिभ सोलुसनको आयोजनामा भएको मेलाको मुख्य प्रायोजक नबिल बैङ्क र कृषि विकास बैक रहेका थिए  । 


प्रतिक्रिया दिनुहोस्