धौलागिरी लघुवित्तका शेयरधनी मालामाल ! ओपन रेञ्ज कति ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएसँग कम्पनीले पहिलो कारोबारको लागि १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १४८ दशमलव ८८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ र सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
कम्पनीले भदौ ८ गते १९ लाख ५२ हजार ४६० जना आवेदकहरूमध्येबाट गोलाप्रथाद्वारा ३० हजार ९२९ जनाले १०÷१० कित्ताका दरले शेयर वितरण गरेको छ । भने ५ जनाले ११ कित्ता शेयर आएका हुन ।