नेपालमा जलश्रोत लगानी प्रवद्र्घन गर्न एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रियबीच सहकार्य

काठमाडौँ । एनएमबि बैंक, दिगो र मूल्यमान्यतामाआधारित बैंकिङ्गको अद्वितीय ब्रान्ड आइडेन्टिटीभएको नेपालको अग्रणी बैंकलेब्रिटिश अन्तर्राष्ट्रिय लगानी बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिककर्जा लगानीभित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक लगानी बाट दोश्रो आवधिककर्जा प्राप्तगर्ने नेपालको एकमात्र बैंक भएको छ।
आन्तरिक स्रोतले मात्रहाल बजारको मागलाई धान्ननसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमालगानी बढाउन मदतपुग्नेछ। यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको बिकासमा समेत टेवापुग्नेछ ।
एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्तकर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वितहुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिकानिर्वाह गर्ने बताउनु भएको छ।
एनएमबि बैंक दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागिपनिउक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।