एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँट सम्पन्न

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँट सम्पन्न भएको छ । साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो ।
उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई वृद्धि गरी १२ करोड २१ लाख कायम गरिएको र सो बमोजिम रितपूर्वक आवेदन दिने आवेदकहरुलाई आवेदन गरेबमोजिम १० करोड ३७ लाख ८१ हजार २० इकाई बाँडफाँट गरेको हो । योेजनाले १४ प्रतिशत कोष प्रबर्द्धक एनएमबि बैंकलाई १ करोड ७० लाख ९४ हजार इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई १ दशमलव ००३ प्रतिशत गरी कुल १२ करोड २१ लाख इकाईहरु बाँडफाँट गरेको हो ।
फण्डको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
