सिद्धार्थ बैंक सेवा ३ दिन अवरोध, यस्तो छ कारण « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

सिद्धार्थ बैंक सेवा ३ दिन अवरोध, यस्तो छ कारण



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बैंकिङ सेवा ३ दिन अवरोध हुने भएको छ ।

बैंकले हाल प्रयोग गरी रहेको प्राथमिक बैंकिङ प्रणालीलाई परिवर्तन गरी थप सुविधा प्रयोगमा ल्याउनको लागि ३ दिन बैंकिङ सेवाहरु पूर्ण रुपमा बन्द रहने जनाएको हो ।

सेवा परिवर्तन पश्चात ग्राहकहरुले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्